मंगलबार, भदौ २, २०८३

‘ओपो इन्नो डे’ १० डिसेम्बरदेखि

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– ओपोले यही डिसेम्बर १० मा चीनको शनचनमा पहिलो ओपो इन्नो डे आयोजना गर्ने घोषणा गरेको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्त अन्तर्गत आयोजना हुने ओपो डे ले फाइभजी युगमा अत्याधुनिक प्रविधि र सेवाहरुको व्यापक तथा गहन एकीकरणका बारेमा प्रकाश पार्ने प्रयत्न गर्ने बताइएको छ ।

फाइभजी, एआई, क्लाउड, बिग डाटा लागायत अन्य अत्याधुनिक प्रविधिको तिब्र विकास तथा समायोजनले उद्योगलाई नै नयाँ आयाम दिने सम्भावना रहेको अवस्थामा कार्यक्रमले औद्योगिक क्षेत्रका विशेषज्ञहरुका साथमा प्रविधिको भविष्य पनि केलाउने प्रयत्न गर्ने जानकारी दिइएको छ ।

पछिल्लो वर्ष ओपोले आन्तरिक रुपमा प्राविधिक प्रदर्शनीको आयोजना गर्दै आफ्नो आर एन्ड डी क्षमता र विभिन्न क्षेत्रमा प्राप्त अन्वेषणका बारेमा जानकारी दिएको थियो । सोही कार्यक्रममा विभिन्न उद्योगका विशेषज्ञहरुका साथमा मोबाइल उपकरणमा भित्रिने सम्भावित नयाँ प्रविधिलगायतका बारेमा गहन अन्तरक्रिया पनि आयोजना गरेको थियो ।

पछिल्लो वर्ष आयोजित सो कार्यक्रमबाट उत्प्रेरित हुँदै ओपो इन्नो डे यस पटक विश्वका मिडिया, विश्लेषक, औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । यस वर्षको कार्यक्रममा ओपोले फाइभजी, एआर र आईओटी लगायत कन्जुमर टेक्नोलोजिका क्षेत्रमा हात पारेका आफ्ना नौला अवधारणा तथा उपलब्धी प्रस्तुत गर्नेछ ।

इन्टेलिजेन्ट कनेक्टिभिटीको भविष्यका बारेमा थप जानकारीका लागि आयोजना हुने उक्त सम्मेलन डिसेम्बर १० देखि सञ्चालन हुनेछ ।

प्रकाशित: Dec 05, 2019| 09:16 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्