सोमबार, भदौ १, २०८३

छाउगोठमा राख्न बाध्य पारेको आरोपमा जेठाजु पक्राउ

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं। गत आइतबार राति अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वती रावतका जेठाजु छत्र राउतलाई प्रहरीले पक्राउ गरेको छ। मुलुकी अपराध संहिताविपरीत छाउपडी गोठमा बस्न बाध्य पारेको आरोपमा राउत पक्राउ परेका हुन्।

पार्वतीका पति भारतमा रहेका र घरमा सासु–ससुरासमेत नहुँदा अभिभावकको रुपमा रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए।

डीएसपी शाहीले मुद्दा प्रक्रिया अघि बढेको बताउँदै मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो, वा आफैं बसेको भन्ने अनुसन्धानबाट खुल्ने बताए। मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ। सो दफा अनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो ।

छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात् कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ । राष्ट्रसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ।

महान्यायाधिवक्ता अग्नि खरेलले पीडित पक्षबाट जाहेरी नआए पनि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाउन प्रहरी महानिरीक्षकलाई आग्रह गरेपछि प्रहरी सक्रिय भएको हो। प्रहरी प्रतिवेदनकै आधारमा मुद्दा दर्ता गरिएको डीएसपी शाहीले बताए । पीडित पक्षबाट जाहेरी आउने म्याद रहेको भन्दै उनले जाहेरी नआए पनि कानुनबमोजिम मुद्दा अघि बढ्ने जानकारी दिए ।

महान्यायाधिवक्ता खरेलले छाउगोठमा मान्छे मर्ने तर परिवारको तर्फबाट जाहेरी नआउने कुराले धेरै महिलाले अकालमा ज्यान गुमाउने भएपछि अपराध संहिता कार्यान्वयन गर्न केही घटनामा परिवारका मूलीलाई पक्राउ गर्नैपर्ने देखिएको बताएका थिए।

 

प्रकाशित: Dec 05, 2019| 08:58 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।