सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री आज डिस्चार्ज हुने, अस्पताल पुगिन् राष्ट्रपति

प्रधानमन्त्री आज डिस्चार्ज हुने, अस्पताल पुगिन् राष्ट्रपति

प्रधानमन्त्री ओलीकाे अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी छन् । यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।

प्रधानमन्त्री ओलीकाे अघिल्लो साता एपेन्डिसाइटिसको अपरेशन गरिएको थियो । त्यसपछि उनी अस्पतालमै रहेका छन् ।

यसैबीच, प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । उनलाई आज अपराह्न ३ बजे डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । प्रधानमन्त्रीको पूर्ण रुपमा स्वास्थ्य लाभ भइसकेको पनि थापाले बताएका छन् ।

प्रकाशित: Dec 05, 2019| 08:44 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।