सोमबार, भदौ १, २०८३

गण्डकी मेडिकल कलेजका ९ विद्यार्थी पक्राउ

गण्डकी मेडिकल कलेजबाट परीक्षा बहिष्कार गरी बाहिर निस्किएका ९ विद्यार्थी बिहीबार पक्राउ परेका छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– गण्डकी मेडिकल कलेजबाट परीक्षा बहिष्कार गरी बाहिर निस्किएका ९ विद्यार्थी बिहीबार पक्राउ परेका छन्।

चिकित्सा शिक्षाको प्रथम वर्षको परीक्षा बहिष्कार गरी बाहिर निस्किएपछि उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

कास्की प्रहरीले कलेज परिसरमा हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरेको जनाएको छ।

विद्यार्थीले भने प्रश्नपत्र बाहिरिएपछि परीक्षा बहिष्कार गर्नुपरेको विद्यार्थीले बताएका छन्। कलेज प्रमुख रविन्द्रप्रसाद श्रेष्ठ र सीईओ कृष्ण घिमिरेले प्रश्नपत्र सार्वजनिक गरेको कलेजका एक विद्यार्थीले आरोप लगाए। कलेज प्रमुख श्रेष्ठका छोरा र सीईओ घिमिरेकी छोरी परीक्षा दिने भएकाले प्रश्नपत्र सार्वजनिक गरिएको ती विद्यार्थीको भनाइ छ।

प्रश्नपत्र बाहिरिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए। सो क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो। झडपमा परी दुई विद्यार्थीसमेत घाइते भएका छन्।

प्रकाशित: Dec 05, 2019| 08:21 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।