सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुडान घोटाला प्रकरणमा भारतीले मागे मुद्दा पुनरावलोकनको अनुमति, आज सुनुवाई हुँदै

सुडान घोटाला प्रकरणमा भारतीले मागे मुद्दा पुनरावलोकनको अनुमति, आज सुनुवाई हुँदै

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं । चर्चित सुडान घोटाला प्रकरणमा मुख्य दोषी ठहरिएका शम्भु भारतीले मुद्दा पुनरावलोकनको अनुमतिका लागि दिएको निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।

नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामग्री खरिदमा भएको घोटालामा ठेकेदार रहेका भारतीले दिएको निवेदन सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी, डम्बरबहादुर शाही र प्रकाश कुमार ढुंगानाको पूर्ण इजलासमा पेशीमा चढेको छ।

फैसला चित्त नबुझे पुनरावलोकनको अनुमतिका लागि सर्वोच्चमा निवेदन दिन पाउने कानुनी व्यवस्था छ। ‘भारतीले मुद्दाको पुनरावलोकनका लागि अनुमति माग्दै निवेदन दिएका थिए,’ सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले भने, ‘इजलासले अनुमति दिने वा नदिने के निर्णय गर्छ, पछिमात्र थाहा हुन्छ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीलाई गत भदौ ३१ गते पक्राउ गरी अदालत बुझाएको थियो। सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर भएको थियो। भारतीलाई उक्त प्रकरणमा अदालतले एक वर्ष कैद र १४ करोड २० लाख जरिवाना तोकेको थियो।

सर्वोच्च अदालतले ठेकेदार कम्पनी एस्योर्ड रिस्क कम्पनीका एजेन्टका रुपमा रहेका भारतीलाई दोषी मानेको थियो। उक्त मुद्दामा नेपाल प्रहरीका महानिरीक्षकलाई भने ‘ठेकेदार कम्पनीको हैसियत विचार नगरेको’ आरोप थियो।

सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई दोषी ठहर गरेको थियो।

सर्वोच्च अदालतका तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीयश विश्वम्भरप्रसाद श्रेष्ठले सुडान घोटालाका कारण समग्र राष्ट्रले असर भोग्नुपरेको फैसलामार्फत् टिप्पणी गरेका थिए।

काम नलाग्ने सामान फिर्ताको कुनै पहल नभएको, खरिद गरिएका स्पेयर पार्ट्सको कुनै पत्तो नभएको र भुक्तानी लिइसक्दा पनि सामान सम्बन्धित ठाउँमा पुग्न नसकेको भन्दै अदालतले सामान्य मानिसले पनि बुझ्न सक्ने यस्ता विषयवस्तुमा तत्कालीन प्रहरी अधिकारीहरू मौन रहनुलाई मिलेमतो भन्दै दोषी ठहर गरेको थियो।

प्रकाशित: Dec 05, 2019| 08:21 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।