सोमबार, भदौ १, २०८३

जिप भिरमा खस्दा चालक र सहचालकको मृत्यु

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको जिप पाल्पाको चौविस माइल नजिकैको भिरमा खस्दा दुई जनाको ज्यान गएको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– बुटवलबाट पाल्पातर्फ जाँदै गरेको जिप पाल्पाको चौविस माइल नजिकैको भिरमा खस्दा दुई जनाको ज्यान गएको छ।

श्रीनगर यातायातको लु१ज ४२०९ नम्बरको जिप भिरमा खस्दा पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ का २३ वर्षीय दिलिप बम्रेल (चालक) र सोही गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर कार्की (सहचालक)को ज्यान गएको पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए।

उनका अनुसार स्थानीयले जिपको टुक्रा देखेर दुर्घटनाको आशंका गरी प्रहरीलाई खबर गरेका थिए। जिप कतिखेर दुर्घटना भएको भन्नेबारे यकिन नभएको उनले बताए।

जिपमा चालक र सहचालक मात्र रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 05, 2019| 07:15 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।