सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स मद्रासमा सम्पन्न

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स मद्रासमा सम्पन्न

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा आयोजना गरेको टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न भएको छ ।

रेस ट्रयाक एक्सपिरियन्सका लागि छनोट गरिएका २५ जना प्रतियोगीहरुले उक्त रेस ट्रयाकमा टिभिएस मोटरसाइकल कुदाएर अविस्मरणीय अनुभव संगालेका छन् । अपाचे रेस ट्रयाक एक्सपिरियन्सका लागि २५ जना प्रतियोगीहरु लगायत टिभिएसको व्यवस्थापन टोली नेपालबाट मंसिर १४ गते मद्रासका लागि प्रस्थान गरेका थिए ।

कार्यक्रम मंसिर १५ र १६ गते भएको हो । कार्यक्रम समापनसँगै रेस ट्रयाक एक्सपिरियन्सका सहभागी लगायत टिभिएसको व्यवस्थापन टोली मंसिर १८ गते काठमाडौं फर्कको छ ।

 

प्रकाशित: Dec 05, 2019| 05:39 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्