डोटी- डोटीमा जिप दुर्घटना हुँदा चालकको जनाको ज्यान गएको छ।
जिल्लाको जोरायल गाउँपालिका–२ मा बुधबार राति से १ ज २०३९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जीप चालक जोरायल गाउंपालिका–४ का आश्रम थापामगर रहेको प्रहरीले जनाएको छ।
धनगढीबाट जोरायल तर्फ गईरहेको जीप दुर्घटना हुँदा घाइते भएका चालक थापाको उपचारका क्रममा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।