सोमबार, भदौ १, २०८३

ऋणले थिचिएपछि साग छाडेर कतार भासिनेको भित्री कथा

बुबाको कमाइ र आफ्नो तलबले घरखर्च धान्न र मुटु रोगी आमाको उपचार गर्न पुग्न छाड्यो । ऋण थपिँदै गएपछि जेठी छोरी तुलसा साग छाडेर कमाउन कतार हानिइन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले जारी १३ औं सागकै विषयलाई मुख्य समाचार बनाएका छन् ।

नेपालले सयौं स्वर्णको कोसेढुंगा पार गरेको देखि सागमा स्वर्ण जित्ने खेलाडीहरुको कथासम्मलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्ट्ले सागमा स्वणको सतक शीर्षकमा खबर छापेको छ भने कान्तिपुर दैनिकले एसिन गेममा कास्य पदक जितेकी पाकिस्तानी खेलाडीलाई हराएर सागमा स्वर्ण जितेकी अनुपमा मगरको कथालाई मुख्य समाचार बनाएको छ ।

आजको नागरिक दैनिकले भने ऋणले थिचिएपछि साग छाडेर कतार भासिएकी एथ्लेटिक्स खेलाडी तुसलाको पारिवारिक अवस्थालाई मुख्य समाचार बनाएको छ ।

नागरिकमा प्रकाशित गरेको समाचारअनुसार तुलसाका बाबु भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्, आमा पद्मा मुटुरोगी छन्। तुलसाका तीन भाइबहिनी छन्। पाँच कट्ठा जमिनको उब्जनीले खान पुग्दैन। बुबाको कमाइ र आफ्नो तलबले घरखर्च पुग्न छाड्यो। ऋण थपिँदै गएपछि जेठी छोरी तुलसा साग छाडेर कमाउन कतार हानिइन्।

नयाँ पत्रिकाले भने नेपाली सुटिङ खेलाडीसँग २० वर्ष पुराना हतियार रहेको विषयलाई प्राथमिकताका साथ छापेको छ।

सागअन्तर्गत बुधबार भएको सुटिङ खेलमा नेपालकी महिला खेलाडी सीमा तुलाधरको पेस्तोल नै पड्किएन् । पुरुष खेलाडीले पाकिस्तानी खेलाडीसँग पेस्तोल मागेर खेलेमको समाचारमा उल्लेख छ ।

सागको विषय बाहेक आजको कान्तिपुरले समायोजनले कांग्रेस महाधिवेशन प्रभावित शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ । अन्नपूर्ण पोस्ट्ले कञ्चनपुरमा बालुवा भित्र सीमा रहेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

साग छोडेर कतार भासिनुको भित्री कथाः ऋणले थिचिएको तुलसाको परिवार

पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–३ स्थित भेरी नदीकिनारको ब्याओरेस्थित टायलले छाएको काठे घरको चुल्होमा आगो नबलेको साता पुग्यो।

४४ वर्षीया मुटुरोगी पद्मा खत्रीका आँखा ओभाएका छैनन्। पद्माका पति रोजगारीका लागि मलेसिया छन्। पद्माले जेठी छोरी तुलसाको आवाज सुन्न नपाएको एक साता भयो।

देशमा अहिले १३औं दक्षिण एसियाली खेलकुल (साग) सञ्चालन भइरहेको छ। एथ्लेटिक्सकी राष्ट्रिय खेलाडी तुलसा बन्द प्रशिक्षणमै रहेका बेला रोजगारीका लागि कतार गएकी हुन्। धेरैले तुलसालाई साग प्रतियोगिता छोडेर देशकै गरिमामा आँच पु-याएको आरोप लगाइरहेका छन् तर घरको अवस्था हेर्दा उनी रहरले नभएर बाध्यताले श्रम गर्न कतार पुगेको देखिन्छ।

पद्माका चार छोराछोरीमध्ये जेठी हुन् तुलसा। सुर्खेतको पहाडी क्षेत्र रझेनामा तुलसासहित भाइबहिनीको जन्म भयो। गाउँमा नजिक विद्यालय थिएन। छोराछोरीको शिक्षाका लागि खत्री परिवार २०६४ सालमा भेरीकिनारको ब्याओरेमा बसाइँ स¥यो।

ब्याओरेमा पाँच कट्ठा जमिन छ। आफ्नो जमिनको उब्जनीले पाँच महिना पनि खान पुग्दैन। घरखर्च चलाउन र छोराछोरी पढाउन तुलसाका बुवा भीमबहादुरले १२ वर्षदेखि मलेसियामा पसिना बगाइरहेका छन्। उनी ४५ वर्ष पुगे। पाखुराको बलमा कमाउने उमेर पनि सकिनै थाल्यो। तुलसाकी आमा पद्मा मुटुरोगी छिन्।

‘अब तिमीहरुलाई पढाउने र आमाबुवा पाल्ने जिम्मेवारी मेरो काँधमा आएको छ,’ कतार जानु दुई दिनअघि काठमाडौंबाट बहिनी गौरीलाई फोन गरी तुलसाले भनेकी थिइन्, ‘म टाढा हुनेछु, आमाको ख्याल गर्नू।’

प्रकाशित: Dec 05, 2019| 01:26 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।