सोमबार, भदौ १, २०८३

फरार सात थुनुवामध्ये तीन पक्राउ

इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

लहान- इलाका प्रहरी कार्यालय महेशपुर पतारी सिरहाको हिरासतबाट फरार भएका सात जना थुनुवामध्ये आज तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खाना खुवाउने क्रममा गत शनिबार साँझ प्रहरी हिरासतमा रहेका ११ जना थुनुवामध्ये सात जना थुनुवा फरार भएका थिए।

फरार भएका थुनुवाको खोजी गर्ने क्रममा फरार भएकामध्ये सखुवानानकरकट्टी गाउँपालिका–१ निवासी २४ वर्षीय रणधीरकुमार यादव, गोलबजार नगरपालिका–६ निवासी २० वर्षीय गणेशकुमार साह र नरहा गाउँपालिका–१ निवास १८ वर्षीय नवीनकुमार यादवलाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

फरार रहेका अन्य चार थुनुवाको खोजीकार्य भइरहेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए। थुनुवा फरार भएको घटना छानविन गर्न प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोलीसमेत गठन गरिएको छ।

खैरो हिरोइनसहित चार युवक पक्राउ

प्रहरीको टोलीले बुधबार साँझ सिरहाको गोलबजार नगरपालिका–३ बाट प्रतिबिन्धित लागुऔषध खैरो हिरोइनसहित चार जना पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ निवासी १८ वर्षीय बालकृष्ण साह, गोलबजार–३ निवासी १८ वर्षीय मनिष श्रेष्ठ, २२ वर्षीय विमलकुमार साह र उनका भाइ १८ वर्षीय निलमकुमार साहलाई पक्राउ गरेको हो।

खैरो हिरोइनको खरीद बिक्री गरिरहेका अवस्थामा ब्राउन सुगरसहित चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए। पक्राउ परेकाको साथबाट ८१ पोकामा करीब चार ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरी निरीक्षक पुरीले बताए। रासस

प्रकाशित: Dec 04, 2019| 14:36 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।