सोमबार, भदौ १, २०८३

प्रदेशसभा सदस्य वलीले लिइन् सपथ

उपनिर्वाचन अन्तरगत दाङ– ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी खत्री (वली) ले सपथ ग्रहण गरेकी छन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

भैरहवा- उपनिर्वाचन अन्तरगत दाङ– ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी खत्री (वली) ले सपथ ग्रहण गरेकी छन्।

बुटवलस्थित प्रदेशसभामा बुधबार आयोजित एक समहारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले वलीलाई शपथ गराएका हुन्।

प्रदेशसभा सदस्य उत्तर कुमार वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो।

नेकपाले सो निर्वाचन क्षेत्रमा उत्तर वलीकै पत्नी विमलालाई उम्मेदवार उठाएको थियो। वलीले २४ हजार बढी मत सहित निर्वाचन जितेकी हुन्।

पतिकै रिक्त पदमा संसद प्रवेश गरेकी वलीले जनताको पक्षमा काम गर्ने बताइन्।

‘श्रीमान् उत्तर वलीका सपनाहरु र मेरो निर्वाचन क्षेत्रका जनताहरुका आकांक्षाहरु पूरा गर्न लाग्नेछु, उनले भनिन्। समग्र प्रदेशकै विकासका लागि आफ्नो भूमिका संसदमा रहने उनले बताईन्।

प्रकाशित: Dec 04, 2019| 14:02 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।