काठमाडौं – माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ। बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहितप्रति ऋणपत्र एकहजार कायम भएका उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको हो।
ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए।
सूचिकरण पछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा खरिदबिक्री गर्न सकिनेछ।