सोमबार, भदौ १, २०८३

फर्जी बिल पेशगर्ने नर्सविरुद्ध मुद्दा

नक्कली बिल भरपाई पेश गरी ८१ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा एक नर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं - नक्कली बिल भरपाई पेश गरी ८१ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा एक नर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत पव्लिक हेल्थ नर्सिङ छैठौं की कल्पना पौडेलविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

पौडेलले परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरेको भन्ने फर्जी भरपाई गरि रकम हिनामिना गरेको अनुसन्धानका क्रममा खुलेको अख्तियारले जनाएको छ।

पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेको भन्दै अख्तियारले पौडेललाई ८१ हजार विगो मागदाबी गरेको छ।

प्रकाशित: Dec 04, 2019| 11:35 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।