सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ३१ देशका राजदूत भेला पारेर पर्यटनमन्त्रीले भने– पर्यटक नेपाल पठाइदिनुस्

३१ देशका राजदूत भेला पारेर पर्यटनमन्त्रीले भने– पर्यटक नेपाल पठाइदिनुस्

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गर्न नेपालमा रहेका विभिन्न राजदूत तथा साझेदार कम्पनीका नेपाल प्रमुखसँग आग्रह गरेका छन् ।

बुधबार मन्त्रीले आफ्नै कार्यकक्षमा ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग छलफल गरेका थिए । भ्रमण वर्षको बारेमा विश्वभर सूचना तथा सन्देश प्रवाहका लागि मन्त्रीले उनीहरुलाई अनुरोध गरे ।

उनले भने, ‘नेपाल भ्रमण वर्ष–२०२० मा यहाँहरुको देशका नागरिक नेपाल पठाइदिनका लागि अनुरोध गर्छु । नयाँ वर्ष—२०२० र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईंको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा भाग लिन निमन्त्रणा पठाइसकिएको जानकारी दिए ।

मन्त्री भट्टराईले नेपाल २०७२ को भूकम्पको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘भूकम्पबाट उठ्न तपाईंहरुले मद्दत गर्नुभयो, अब पर्यटन वर्ष सफल पार्न पनि मद्दधत गर्नुहोस्।’

मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ अमेरिकी डलर खर्च गरिरहेको उल्लेख गर्दै त्यसलाई ८० डलर बनाउने वार्षिक ३५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको जानकारी दिए ।

कार्यक्रममा सहभागी राजदूतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित: Dec 04, 2019| 11:27 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्