बुधबार, जेठ २७, २०८३

मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिस्कार

त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले आजदेखि सञ्चालन गरेको चिकित्सा शिक्षाको वार्षिक परीक्षा विद्यार्थीहरुले बहिस्कार गरेका छन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले आजदेखि सञ्चालन गरेको चिकित्सा शिक्षाको वार्षिक परीक्षा विद्यार्थीहरुले बहिस्कार गरेका छन्।

National life

चितवन मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साईन्सेसका प्रथम वर्षका विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेको चिकित्सा शिक्षा संघर्ष समितिका सचिव अनित सिन्हाले बताए।

एमबिबिएस, बिडिएसलगायत स्नातक तहका प्रथम वर्षका विद्यार्थीले यस वर्षको वार्षिक परीक्षा दोस्रोपटक बहिष्कार गरेका हुन्।

मेडिकल कलेजहरुले अवैधरुपममा लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै महिनौंदेखि आन्दोलनरत विद्यार्थीले गत कार्तिकमा तय गरिएको परीक्षा बहिष्कार गरेपछि आइओएमले आज (मंसिर १८ गते सम्म) को लागि परीक्षा सारेको थियो।

कलेजको ठगीविरुद्ध विद्यार्थीले महिनौँदेखि आन्दोलन जारी नै राखेका छन्। मंसिर १० गते सरकार र मेडिकल कलेजका सञ्चालकबीच अतिरिक्त समायोजन गर्ने सहमति भए पनि मेडिकल कलेजहरुले त्यसको प्रकृया अगाडि नै नबढाएपछि विद्यार्थीहरुले परीक्षा नै स्थगित गरेका हुन्।

Shivam cement

चितवन मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिस्कार गर्दै प्रवेशपत्रसमेत जलाएका छन्।

चितवन मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले परीक्षा बहिष्कार गरेर पूर्ण न्याय नपाएसम्म आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन्।

चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षको अघिल्लो दिन (हिजो) पनि कलेजमा प्रदर्शन गरेका थिए।

प्रकाशित: Dec 04, 2019| 10:16 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्