बिहीबार, वैशाख ३१, २०८३

मिटुले अझै छाडेन अनु मलिकलाई, इन्डियन आइडलको निर्णायकबाट बाहिरिए

भारतीय सञ्चारमाध्यमका अनुसार अनु मलिकले छोडेको एक हप्तापछि हिमेशले निर्णायकको जिम्मेवारी लिएका हुन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

National life

काठमाडौं– मिटुको आरोप लाग्दै आएका भारतीय संगीतकार अनु मलिक इन्डियन आइडलको निर्णायकबाट बाहिरिएका छन् । इण्डियन आइडल सिजनको जारी ११ औं सिजनबाट उनी बाहिरिएसँगै निर्णायकको रुपमा हिमेश रेशमिया आएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अनु मलिकले छोडेको एक हप्तापछि हिमेशले निर्णायकको जिम्मेवारी लिएका हुन्। हिमेशले आफू इण्डियन आइडलको अन्त्यसम्मै निर्णायक रहने बताएका छन्।

यसअघि अनु मलिकले यौन शोषणको आरोप लागेपछि इण्डियन आइडल छोडेका थिए। हालै गायिका सोना मोहापात्रले पनि सामाजिक सञ्जालमा उनीविरुद्ध यौन शोषण गरेको भन्दै खुला पत्र लेखेकी छिन्। त्यस्तै नेहा भसीनले पनि अनुले विगतमा आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छिन्।

प्रकाशित: Dec 04, 2019| 09:52 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्