बिहीबार, वैशाख ३१, २०८३

मणिकर्णिका जापानमा रिलिज

कंगना रनौत र राधाकृष्णा जगरलामुदी निर्देशित यो फिल्म आगामी ३ जनवरीमा जापानमा रिलिज हुन लागेको हो।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६


मुम्बई – ऐतिहासिक पृष्ठभूमिमा आधारित कंगना रनौत अभिनिति फिल्म ‘मणिकर्णिका’ जापानमा रिलिज हुने भएको छ।

National life

कंगना रनौत र राधाकृष्णा जगरलामुदी निर्देशित यो फिल्म आगामी ३ जनवरीमा जापानमा रिलिज हुन लागेको हो। यो फिल्म महारानी लक्ष्मीबाईको जीवनीमा आधारित छ।

यो फिल्म ‘जी स्टुडियोज इन्टरनेसनल’ मा रिलिज हुनेछ। जी स्टुडियोज इन्टरनेसनल प्रमुख विभा चोपड़ाका अनुसार फिल्ममा रानी लक्ष्मीबाईको वीरता, शक्ति र बलिदान देखाइएको छ। 

उनले भनिन्, ‘विश्वका दर्शकलाई उनको यो गाथा सुनाउन ‘मणिकर्णिका’ जापानमा रिलिज गर्न हामी तयार भइसकेका छौं ।’ 

फिल्ममा कंगना रनौत, अतुल कुलकर्णी, सुरेश ओबेरय, डैनी र अंकिता लोखंडेले अभिनय गरेका छन् । अभिनेत्री अंकिता लोखंडेले यही फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । -एजेन्सी

प्रकाशित: Dec 04, 2019| 07:17 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्