सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी नेत्रविज्ञान संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई जनता बैंकको आर्थिक सहयोग

लुम्बिनी नेत्रविज्ञान संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई जनता बैंकको आर्थिक सहयोग

 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं– जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियलटोपोग्राफी मेसिन खरिदका लागि ४ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

उक्त सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरे । नेपाल नेत्रज्योती संघबाट संचालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान यस क्षेत्रको प्रमुख आँखा उपचार केन्द्रको रुपमा रहेको छ ।

यसैगरी बैंकले सुदूरपश्चिम प्रदेशको अछाममा रहेको वैद्यनाथ क्षेत्र विकास संस्थालाई अक्षयकोषका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकमको चेक प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले वैद्यनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक सुरतबहादुर थापा र संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहरालाई हस्तान्तरण गरे ।

प्रकाशित: Dec 04, 2019| 05:31 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्