सोमबार, भदौ १, २०८३

दाहालले बोलाए नेकपा सचिवालय बैठक

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार) बस्दै छ ।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बुधबार) बस्दै छ ।

पुष्मकमल दाहालले दुई साताअघि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक सचिवालय बैठक बोलाएका हुन् ।

विहान ९ बजेका लागि पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा उपनिर्वाचनको समिक्षा साथै समसामयिक विषयमा केन्द्रित हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै उपचाररत रहेका कारण बैठकमा उपस्थित हुने छैनन् ।

यसअघि केपी ओली उपचारका लागि सिंगापुर गएका बेला पनि दाहालले बैठक बोलाएका थिए ।

प्रकाशित: Dec 04, 2019| 03:08 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।