काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा भुवनकुमार दाहाल सर्वसम्मत रुपमा चयन भएका छन् । दाहाल सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
मंगलबार अध्यक्षका लागि मनोनयनमा उनी एक्लैको मनोनयनपत्र दर्ता भएको थियो । दाहाल अध्यक्षमा निश्चित भए पनि औपचारिक घोषणा भने बिहीबार हुने बैंकर्स संघले जनाएको छ ।
बिहीबार संघको वार्षिक साधारणसभा हुँदैछ। हाल संघको अध्यक्षमा एनबी बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना छन् ।