मंगलबार, असार २३, २०८३

रोनाल्डोले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान

पोर्चुगलका ३६ वर्षे फरवार्ड क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको विश्व कीर्तिमान रेकर्ड कायम गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– पोर्चुगलका ३६ वर्षे फरवार्ड क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको विश्व कीर्तिमान रेकर्ड कायम गरेका छन्।

उनले पछिल्लो युरो कपमा १ सय ९ गोल पुर्‍याउँदै कतारी खेलाडी अली डेईले बनाएको रेकर्डसँग बराबरी गरेका थिए। त्यसपछि उनको टिम पोर्चुगल युरो कपबाट बाहिरिएपछि उनले थप गोल गर्न सकेका थिएनन्।

यता बिहीबार राति सम्पन्न फिफा विश्वकप छनोट खेलमा उनले आफ्नो जीवनकारको १ सय १०औं र १ सय ११औं अन्तर्राष्ट्रिय गोल गरेका हुन्। आयरल्यान्डविरुद्धको खेलको ८९औं र इन्ज्युरी समयमा गोल गर्दै रोनाल्डो सर्वाधिक गोलकर्ताको रेकर्ड बनाउन सफल भएका छन्।

उनले राष्ट्रिय टिमबाट सर्वाधिक १ सय ८० क्याप जितेका छन्। उनले रियल मड्रिड र स्पेनको पूर्वकप्तान रामोसको रेकर्डसँग बराबरी गरेका हुन्। 

यता खेलको पहिलो हाफको अन्तिम मिनेटमा आयरल्यान्डका जोन इगनले गोल गरेपछि आयरल्यान्डले पोर्चुगलविरुद्ध अग्रता बनाएको थियो। पोर्चुगलले निकै दबाब झेलेको पहिलो हाफमा भने गोल गर्न सकेन्।

उनी इटालियन क्लब युभेन्टसबाट पछिल्लो हप्तामा मात्र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका थिए।

प्रकाशित: Sep 02, 2021| 08:24 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।