मंगलबार, असोज २७, २०८३

गुराँस लघुवित्तको नायब कार्यकारीमा बस्नेत

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले भेषबहादुर बस्नेतलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वाबलम्वन लघुवित्तमा विभिन्न तहसहित विभागीय प्रमुखसम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको लामो अनुभव रहेको छ।

स्नातकोत्तर गरेका बस्नेतलाई गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले मंसिर १३ गतेदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी मंसिर १५ गतेबाट लागू हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको जनाएको छ ।

प्रकाशित: Dec 03, 2019| 11:32 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्