सोमबार, भदौ १, २०८३

लुम्बिनी महोत्सवमा १० करोडको कारोबार

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

भैरहवा । भैरहवामा १३ दिनसम्म चलेको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले बताएको छ। डेढ लाख दर्शकले मेला अवलोकन गरेको महोत्सव आयोजक उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

महोत्सव मूल्यांकन तथा अनुगमन समितिका सदस्य जगतबहादुर रायमाझीले स्टलमा अल्लोदेखि, मार्सी चामल, कोदोको पीठो, दलहन वस्तुले पृथकता कायम गरेको बताए । उनले भने, ‘विगतमा स्टल बुक भए पनि खाली हुन्थे, तर यस पटक पूरै भरिएका थिए । नर्सरी, माछा, च्याउ, केराका परिकारमा पनि धेरैको आकर्षण देखियो।’

मंसिर ३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको महोत्सवको प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले समापन गरेका छन्। महोत्सवमा उद्योग, व्यापार, कृषि र पर्यटनसँग सम्बन्धित ४ सय स्टल राखिएको थियो । जसमध्ये स्थानीय उत्पादनसँग सम्बन्धित एक सय वटा र कृषि उपजसँग सम्बन्धित ५० वटा स्टल रहेका थिए। उद्योग व्यपार संगठनले २०६६ सालदेखि महोत्सव गर्दै आएको छ।

 

प्रकाशित: Dec 03, 2019| 09:57 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्