सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

महालक्ष्मी विकास बैकलाई साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडाै‌– सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स (साफा)ले साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बै‌क लिमिटेडलाई पुरस्कृत गरेको छ ।

बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जित्न सफल भएसँगै सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैकका तर्फबाट मेरिट सर्टिफिकेट हासिल गर्न सफल भएको हो ।

हालै बंगलादेशको ढाकामा सम्पन्न एक समारोहका बीच बंगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सिएमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरे । आगामी दिनहरुमा पनि संस्थाको पारदर्शिता, जवाफदेहिता र सुशासनमा अभिवृद्घि गरी अझै उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गर्न बै‌क सधै प्रयासरत रहने जनाएको छ ।

प्रकाशित: Dec 03, 2019| 06:36 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्