सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकमार्फत् युनाईटेड इन्स्योरेन्सका ग्राहकलाई सुविधा

एनआईसी एशिया बैंकमार्फत् युनाईटेड इन्स्योरेन्सका ग्राहकलाई सुविधा

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

अब युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआई सी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।

बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गसहितको शाखा संजाल छन् ।

प्रकाशित: Dec 03, 2019| 06:19 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्