सोमबार, माघ ५, २०८२

नेपाल-इन्डिया मैत्रीपूर्ण खेल आज, यस्तो छ इतिहास

नेपाल र इन्डियाबीच आज दशरथ रंगशालामा साँझ पौने ५ बजेबाट पहिलो मैत्रीपूणै खेल हुँदैछ।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– नेपाल र इन्डियाबीच आज दशरथ रंगशालामा साँझ पौने ५ बजेबाट पहिलो मैत्रीपूणै खेल हुँदैछ।

National life

साफ च्याम्पियनसिप २०२१ को अन्तिम तयारीमा रहेका नेपाल र इन्डिया सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।

२०१७ मा इन्डियाविरुद्ध खेलेपछि नेपालले पहिलो पटक दक्षिणी छिमेकीसँग खेल्न लागेको हो।

सो खेलको सबै तयारी पुरा भएको एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले जानकारी दिएका छन्। उनले प्रतियोगिताको लागि आवश्यक मैदान, फ्लड लाइटलगायत सबै तयारी पुरा भएको जानकारी दिएका हुन्।

यता प्रतियोगिताका लागि दशरथ रंगशाला पनि तयार पारिएको छ। घाँस काट्ने काम सकिएको छ। त्यस्तै, एन्फाले भोलिको खेलका लागि दर्शक राख्ने पाउने अनुमति पाएको छ।

Laxmi sunrise bank
kumari

यो खेलमा एन्फाले अब पाँच हजार १०० टिकट बेच्नेछ। जुन पुरा दर्शश क्षमताको एक तिहाई हो। यता उसले दर्शकका लागि कोभिड विरुद्धको खोप कार्ड वा कोभिड रिपोर्ट नेगेटिभ अनिवार्य गरेको छ।

रंगशालामा खेल हेर्न नपाउने दर्शककाले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।  पछिल्लो तीन देशीय कपमा भने एन्फाले हरेक खेलमा १२ हजार टिकट बिक्रीको लक्ष्य राखेको थियो। तर, त्यो पुरा भएको थिएन। नेपाल र बंगलादेशविरुद्धको फाइनल खेलमा भने पाँच हजारभन्दा धेरै दर्शक रंगथशालामा उपस्थित थिए।

यस्तो छ नेपाल र इन्डियाको विगत:

यी दुई टिमको इतिहास हेर्दा, नेपाल र इन्डिया १९ पटक आमनेसामने भएका छन्। जसमा नेपालले इन्डियालाई दुई पटक हराएको छ भने चार खेल बराबरीमा रोकिएका छन्। ती बाहेकका १३ खेल ब्लूज टाइगरको पोल्टामा परेको छ।

नेपाल र इन्डियाले पहलो आधिकारीक खेल ३६ वर्षअघि खेलेको थियो।

मिति नतिजा र प्रतियोगिता

२१-१२-१९८५ इन्डिया ०-० नेपाल साग गेम्स

२३-१२-१९८५ इन्डिया २-० नेपाल साग गेम्स

३१-११-१९८७ इन्डिया १-० नेपाल साग गेम्स

२६-१०-१९८९ इन्डिया २-१ नेपाल साग गेम्स

२१-७-१९९३ इन्डिया १-० नेपाल साफ च्याम्पियनसिप

२१-७-१९९३  इन्डिया १-० नेपाल साफ च्याम्पियनशिप

१८-१२-१९९३ इन्डिया २-२ नेपाल साफ गेम्स

२२-१२-१९९३ नेपाल २-२ (४-३) इन्डिया साफ गेम्स

५-१२-१९९८  नेपाल ०-१ इन्डिया एसियाली खेलकुद

३०-९-१९९९ नेपाल ०-४ इन्डिया साफ गेम्स

८-१२-२००५ इन्डिया २-१ नेपाल साफ च्याम्पियनशिप

३-६-२००८ इन्डिया ४-० नेपाल साफ च्याम्पियनशिप

७-१२-२००९ इन्डिया १-० नेपाल साफ च्याम्पियनशिप

२८-८-२०१२ इन्डिया ०-० नेपाल मैत्रीपूर्ण

५-९-२०१३ नेपाल २-१ साफ च्याम्पियनशिप

१९-११-२०१३ इन्डिया २-० नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण

१२-३-२०१५ इन्डिया २-० नेपाल विश्वकप छनोट

१७-३-२०१५ नेपाल ०-० इन्डिया विश्वकप छनोट

२७-१२-२०१५ इन्डिया ४-१ नेपाल साफ च्याम्पियनशिप

६-६-२०१७  इन्डिया २-० नेपाल मैत्रीपूर्ण

प्रकाशित: Sep 02, 2021| 07:24 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।