बुधबार, जेठ २७, २०८३

त्रिविमा ७ सय बढीलाई जागीरको अवसर

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७ सयभन्दा बढी पदमा कर्मचारी माग गरेको छ।
 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं- त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ७ सयभन्दा बढी पदमा कर्मचारी माग गरेको छ।

National life

आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार सूचना निकालेको छ।

आवेदन दिन चाहनेले त्रिविले तोकेको शैक्षिक योग्यताअनुसार आगामी पुस २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर पुस २६ गतेसम्म आवेदन दिन सकिने त्रिविले जनाएको छ।

त्रिवि सेवा आयोगले शाखा अधिकृत, उपप्रशासक, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डर लगाएतका पदमा विज्ञापन खुलाएको हो।

विज्ञापनअनुसार ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालयका अधिकृत २१ जना मुख्य लेखा साहायक १५ जना लेखा अधिकृत माग गरेको छ।

Shivam cement

त्यस्तै सबैभन्दा बढी स्वास्थ्यतर्फ स्टफ नर्स ७७ जना माग गरको छ।

आयोगले ५१ जना कार्यालय साहायक र ४३ मुख्य कार्यालय साहायक लगायतका कर्मचारीको माग गरेको छ।

 

प्रकाशित: Dec 01, 2019| 11:04 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्