सोमबार, भदौ १, २०८३

चार पत्रकारले पाए सेजन अवार्ड र फेलोसिप

 |  आइतबार, मंसिर १५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १५, २०७६

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले चारजना आर्थिक पत्रकारलाई फेलोसिप तथा अवार्ड प्रदान गरेको छ। २२ औं स्थापना दिवसको अवसरमा सेजनले आइतबार अवार्ड र फेलोसिप प्रदान गरेको हो।

सेजन अवार्ड छापा माध्यमतर्फ कान्तिपुर दैनिकका मातृका दाहाल र विद्युतीय माध्यमतर्फ काठमाण्डूप्रेसडटकमका केदार दाहालले प्राप्त गरेका छन्। यसैगरी अन्नपूर्ण पोस्ट दैनिकका राजु बास्कोटाले हाइड्रो सोलुसन फेलोसिप र हिमाल खबरपत्रिकाका रमेशकुमारले सञ्जय न्यौपाने स्मृति अनुसन्धान वृत्ति फेलोसिप फेलोसिप प्राप्त गरेका छन्।

पुरस्कारको राशि जनही ५० हजार र फेलोसिपको जनही १ लाख रुपैयाँ रहेको छ। काठमाडौंमा आइतबार आयोजित सेजनको स्थापना दिवस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पत्रकारहरुलाई पुरस्कार तथा फेलोसिप प्रदान गरेका थिए।

 

प्रकाशित: Dec 01, 2019| 06:27 आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्