सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • महाराष्ट्रको मुख्यमन्त्रीमा उद्धव ठाकरेले प्राप्त गरे बहुमत

महाराष्ट्रको मुख्यमन्त्रीमा उद्धव ठाकरेले प्राप्त गरे बहुमत

भारतको महाराष्ट्र राज्यको मुख्यमन्त्री बनेका शिव सेनाका उद्धव ठाकरेले बहुमत प्राप्त गरेका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

एजेन्सी- भारतको महाराष्ट्र राज्यको मुख्यमन्त्री बनेका शिव सेनाका उद्धव ठाकरेले बहुमत प्राप्त गरेका छन्।

National life

शनिबार बसेको विधानसभा बैठकमा उद्धवलाई बहुमत प्राप्त भएको हो। विधानसभा बैठक भारतीय जनता पार्टीका सांसदहरुले बहिस्कार गरेका छन्।

भाजपाका सांसदहरु बाहिरिएपछि सांसदहरुको संख्या गणना गरी उद्धव ठाकरेले बहुमत प्राप्त गरेको घोषणा गरिएको हो।

सदनमा विश्वासको मत प्राप्तिको प्रक्रियाका क्रममा भाजपाका विधानसभा सदस्यहरु विरोध गर्दै बाहिरिएका थिए।

भाजपा सांसदहरु बाहिरिएपछि विधानसभा बैठक कक्षको ढोका बन्द गरेर सांसदहरुको गणना गरिएको थियो।

Laxmi sunrise bank
kumari

पूर्व मुख्यमन्त्रीसमेत रहेका भाजपा संसदीय दलका नेता देवेन्द्र फडणवीसले विधानसभामा अनियमितता भएको र यसबारे राज्यपाललाई उजुरी गर्ने प्रतिक्रिया दिएका छन्।

ठाकरेले नेशनल कांग्रेस र कांग्रेस आईसँग मिलेर सरकार गठन गरेका हुन्।

यसअघि भाजपा नेता फडणवीसले नेशनल कांग्रेसका केही नेताहरुलाई लिएर सरकार गठन गरे पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि राजीनामा दिएका थिए।

प्रकाशित: Nov 30, 2019| 09:39 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।