शुक्रबार, असार ६, २०८२

लगातार सात हिट फिल्म दिएका आयुष्मानको ब्राण्ड भ्याल्यू दुई गुणा बढ्यो

लगतार सात हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुरानाको ब्राण्ड भ्याल्यू, फीस १ करोड भारुबाट बढेर साढे दुई करोड पुगेको छ।
 |  शनिबार, मंसिर १४, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

vianetvianet

लगतार सात हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुरानाको ब्राण्ड भ्याल्यू, फीस १ करोड भारुबाट बढेर साढे दुई करोड पुगेको छ।

उनका ‘बरेली की बर्फी’, ‘शुभ मंगल सावधान,’ ‘अंधाधुन,’ ‘बधाई हो,’ ‘आर्टिकल १५’, ‘ड्रीम गर्ल’, र ‘बाला’ फिल्म हिट भएका थिए ।

अहिले उनी बलिउडका मात्र नभई विज्ञापन दुनियाँका पनि भरोषायोग्य स्टार बनेका छन् ।

वर्षको सुरुआतमा उनीसँग पाँचवटा विज्ञापन रहेकोमा २०१९ को अन्ततिर आइपुग्दा उनले २० वटा ब्राण्डलाई प्रवद्र्धन गरिरहेका छन् ।

सुरुमा आयुष्मानले ब्राण्ड्स एण्डोर्समेन्टका लागि ९० लाखदेखि १ करोड भारु सम्म लिने गरेकोमा त्यसलाई बढाएर २.५ करोड भारु प्रतिवर्ष पुर्‍याएका छन् ।

ट्रेड विशेषज्ञहरुका अनुसार आयुष्मानको नाम सफलता र विश्वसनीयताको पर्यावाची भइसकेको छ ।

सोशल मिडियामा पनि लोकप्रिय

आयुष्मानले फरक फरक खालका फिल्म छनौट गर्ने हुँदा उनको पहिचान मुख्यधारका फिल्मका नायकभन्दा फरक बनेको छ जसले गर्दा विज्ञापन बजारमा पनि उनको माग बढेको छ ।

सामाजिक सञ्जालमा उनको लोकप्रियताका कारण पनि विभिन्न ब्राण्डले आफ्नो बस्तु वा सेवा प्रवद्र्धनका लागि उनलाई नै साइन गरिरहेका छन् ।
खुरानाका इन्स्टाग्राममा ८७ लाख र ट्विटरमा ५५ लाख फलोअर छन् ।

प्रकाशित: Nov 30, 2019| 09:32 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्