काठमाडौं । माछापुच्छ्रे बैंकका सबै एटिएम तथा प्वाइन्ट अफ सेल्स (पिओएस)हरुमा अब मास्टर कार्ड प्रयोग गर्न सकिने भएको छ । यसका लागि बैंक मास्टर कार्डको सञ्जालसँग आवद्ध भएको छ ।
विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक मास्टर कार्डसँग आवद्ध भएको हो । अव ग्राहकले माछापुच्छ्रे बैंकका १७० भन्दा बढी एटिएम मार्फत नगद निकाल्न तथा १ हजार भन्दा बढी प्वाइन्ट अफ सेल्स मार्फत सामान खरिदको रकम भुक्तानी गर्न सक्नेछन् ।
बैंकले छिटै नै आफ्ना ग्राहकहरुलाई मास्टर कार्ड जारी गर्ने समेत जनाएको छ । मास्टर कार्डसँगै बैंकका सम्पूर्ण एटीएम र प्वाइन्ट अफ सेल्सहरुमा भीसा, यूनियन पे, मास्टरकार्ड र मेस्ट्रा कार्डहरु सजिलै प्रयोग गर्न सकिनेछ ।