काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा यही मंसिर १ गतेदेखि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरेमा १९८ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको टिमुरे शाखा कार्यालयको गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरे ।
उक्त शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने विश्वास बैंकले लिएको छ ।