सोमबार, चैत २, २०८२

मतदानस्थलमा उम्मेदवारले बन्दुक देखाएपछि...

 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

राँची (भारत)– नेपालमा उपचुनाव चलिरहँदा छिमेकी भारतको झारखण्ड राज्यमा पनि विधानसभाको पहिलो चरणको मतदान भइरहेको छ । झारखण्डको माओवादी प्रभावित क्षेत्रमा पहिलो चरणको मतदान शनिबार (आज) भइरहेको हो । माओवादी त्रासका कारण त्यहाँ दिउँसो ३ बजेसम्म मात्र मतदानको समय तोकिएको छ।

National life

यसैबीच मतदान भइरहँदा भारतीय कंग्रेसका एक उम्मेदवारले मतदान स्थलमै बन्दुक निकालेर देखाएका छन् । झारखण्डको डाल्टनगन्ज निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार एन त्रिपाठीले प्रिस्टन बन्दुक झिकेर मतदाताहरुलाई देखाएका हुन्।

त्यसपछि मतदाताले त्रिपाठीका विरुद्ध नारावाजी गर्दै ढुंगामुढा गरेका हानेका थिए। उम्मेदवार त्रिपाठीले आफूले आत्मरक्षाका लागि बन्दुक झिकेको दाबी गरेका छन्।

यसैक्रममा विभिन्न स्थानमा माओवादीहरुले आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झारखण्डमा विधानसभाको पहिलो चरणको निर्वाचनमा ६ वटा जिल्लाका १३ वटा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ।

प्रकाशित: Nov 30, 2019| 07:11 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।