आइतबार, साउन ३१, २०८३

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा

एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ। जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं-एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ। जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन्।

यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ। यस योजना अन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्नेछन्।

यो योजना अन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्ने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन्। त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन्। त्यस्तै प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्नेछन्।

ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गर्न सक्ने एनसेलले जनाएको छ।

 

प्रकाशित: Nov 30, 2019| 02:25 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्