सोमबार, चैत २, २०८२

लण्डन ब्रिजमा चक्कु प्रहारबाट दुई जनाको मृत्यु

बेलायतको लण्डन ब्रिजमा शुक्रबार भएको चक्कु प्रहारको घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।
 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

National life
Laxmi sunrise bank
kumari

बेलायत - बेलायतको लण्डन ब्रिजमा शुक्रबार भएको चक्कु प्रहारको घटनामा दुई जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।

प्रहरीको गोली लागि हमलाकारीकोसमेत मृत्यु भएको छ। हमलाकारी २८ वर्षीय उस्मान खान रहेका प्रहरीले जनाएको छ। उनी पूर्व कैदीसमेत हुन्। उनी यसअघि पनि आतंकवादी क्रियाकलापमा संलग्न रहेकोले प्रहरीले यसलाई आतंकवादी हमलाको संज्ञा दिएको छ। उनी २०१२ मा जेल परेका थिए भने २०१८ मा मात्रै जेलबाट रिहा भएका थिए।

घटना लण्डन ब्रिजको उत्तरी क्षेत्रमा रहेको फिसमोङ्गर्स हलमा भएको थियो। जहाँ क्याम्ब्रिज विश्वविद्यालयको कन्फ्रेन्स चलिरहेको थियो। घटनापछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: Nov 30, 2019| 02:12 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।