काठमाडौं- आसन्न एभरेस्ट प्रिमियर लिग (ईपीएल) का लागि फ्रेन्चाइज क्लब चितवन टाइगर्सले २० खेलाडी सार्वजनिक गरेको छ।
कप्तान सोमपाल कामीसहित श्रीलंकका शेकुगे प्रसन्न, अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत र डानिस अजिज गरि २० खेलाडी सार्वजनिक गरेको हो। त्यस्तै, मलेसियाका वीरनदीप सिंहले पनि चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएको छ। अफगानिस्तानका करिम जन्नत पनि क्लबमा अनुबन्ध भएका छन्। उनी क्लबमा अनुबन्ध हुने पाँचौँ विदेशी खेलाडी भएका छन्।
क्लबका हेड कोच साम्सङजंग थापा छन्। त्यस्तै सहायक प्रशिक्षक पुरुजंग थापा छन् भने मेन्टरका रुपमा पुरेनेन्दु घोष छन्। आसन्न ईपीएलका लागि चितवन टाइगर्सको आधिकारिक प्रमुख प्रायोजकमा प्रभु पे छ।
चौँथो संकरणको ईपीएल कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म सञ्चालन हुनेछ।