शनिबार, कात्तिक २९, २०८२

पलेँटी शृङ्खलाका पूरै भाग युट्यूबमा पनि

सांगीतिक कार्यक्रम 'पलेँटी शृंङ्खला' का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडाैँ - सांगीतिक कार्यक्रम 'पलेँटी शृंङ्खला' का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ। यसअघि पनि 'पलेँटी नेपालय' को नाममा रहेको युट्यूब च्यानलमा पलेँटीमा गाइएका गीत सुन्न सकिन्थ्यो। 

National life

अब भने नेपालयको 'आर'शालामा प्रस्तुत हुने कार्यक्रमको पूरै कार्यक्रमको प्रत्यक्ष रेकर्डिङ हेर्न पाइनेछ। पलेँटीको पूर्ण शृङ्खला साबिककै च्यानल 'पलेँटी नेपालय'मा हेर्न, सुन्न सकिन्छ । 

नेपालयका अनुसार सन् २०१९ देखिका पलेँटी शृङ्खलालाई क्रमशः अपलोड गरिनेछ। हरेक कार्यक्रमलाई ४ वटा शृङ्खलामा बाँडिएकोले दर्शक, श्रोताले आफ्नो अनुकुलता अनुसार पलेँटीको आनन्द लिन सक्ने छन् ।

'पलेँटी कार्यक्रमको अनुभवलाई 'आर'शालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका शृङ्खलालाई क्रमिक रुपमा सार्वजिनिक गर्ने व्यवस्था मिलाएका हौं' आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले भने । 

प्रकाशित: Nov 29, 2019| 10:52 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्