आइतबार, साउन ३१, २०८३

सुदूरपश्चिम : पहिलो चौमासिकमा बजेट खर्च ४ प्रतिशत

२८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो चौमासिकमा अपेक्षाकृत प्रगति हासिल गर्न नसकेको हो। विकास निर्माणका कामलाई तीव्रता दिने दाबी सरकारको थियो।
 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ४ प्रतिशत मात्र बजेट खर्च गरेको छ।

२८ अर्ब १६ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले पहिलो चौमासिकमा अपेक्षाकृत प्रगति हासिल गर्न नसकेको हो। विकास निर्माणका कामलाई तीव्रता दिने दाबी सरकारको थियो।

प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका अनुसार पहिलो चौमासिकमा अख्तियारी प्राप्त २७ अर्ब ७६ करोड २० लाख ३५ हजार बजेटको ४.६० प्रतिशत अथात् एक अर्ब २७ करोड ६१ लाख मात्रै खर्च भएको छ।

त्यसमा चालुतर्फ १४ अर्ब ६९ करोड ४८ लाखको ८१ करोड ५६ लाख (५.५५ प्रतिशत) खर्च हुँदा पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाखको ४६ करोड ४ लाख ८० हजार (३.५२ प्रतिशत) मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेले बताए।

सबैभन्दा बढी नौ अर्ब ३९ करोड बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ४८ करोड ६२ लाख (५.१८ प्रतिशत) खर्च गरेको छ।

यस्तै ४ अर्ब ७० करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयले ३० करोड (६.४१ प्रतिशत), २ अर्ब ८० करोड बजेट रहेको कृषि मन्त्रालयले १४ करोड २२ लाख (५.०७ प्रतिशत) र ४ अर्ब ७० करोड बजेट रहेको सामाजिक मन्त्रालयको ३० करोड १४ लाख (६.१) प्रतिशत खर्च भएको छ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न कारणले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको प्रदेश सरकारले स्वीकार गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले चाडपर्व, वर्षात् लगायतका कारण उपलब्धि हासिल गर्न नसकिएको बताए।

साढे ६ अर्बको आयात, निर्यात न्यून
सुदूरपश्चिमको मुख्य व्यापारिक नाका कैलालीस्थित त्रिनगर भन्सारबाट पहिलो चौमासिकमा झन्डै साढे ६ अर्बको सामान आयात भएको छ।

त्रिनगर नाकाबाट पहिलो चौमासिकमा ६ अर्ब ३८ करोडको आयात हुँदा २१ करोडको मात्रै निर्यात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ। प्रमुख भन्सार अधिकृत ईश्वरीदत्त अर्यालले गत वर्षको तुलनामा आयात केही घटेको बताए।

यस्तै भन्सार कार्यालयले पहिलो चौमासिकमा १ अर्ब ६० करोड राजस्व संकलन गरेको छ।

प्रकाशित: Nov 29, 2019| 07:54 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्