शुक्रबार, जेठ १, २०८३

हैदरावादमा बलात्कारपछि युवतीलाई जिउँदै जलाइयो

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

भारतको हैदराबादमा २७ वर्षीया युवती डा. प्रियंका रेड्डीलाई यौन उत्पीडनपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । आफ्नो स्कुटरको टायर पङ्क्चर भएपछि अटोमा चढेर घर जान खोज्दा यो घटना भएको हो ।

National life

तेलेगु मिडियाका अनुसार दुई व्यक्तिले पङ्क्चर ठीक गरिदिने बताए र स्कुटर लिएर गए । यो कुरा प्रियंकाले बहिनीलाई फोनमा बताइन् । त्यहीबीचमा केही व्यक्ति देखा परे र उनलाई ट्रकमा लिएर गए । त्यसपछि उनको फोन अफ भएको थियो ।

प्रियंका हराएपछि परिवारले स्थानीय प्रहरी चौकीमा निवेदन दियो । भोलिपल्ट बिहान प्रहरी चौकी नजिकै निर्माणाधीन पुलमुनि आधा जलेको महिलाको शव भेटिएको खबर आयो ।

१०० मिटर टाढा प्रियंकाको चप्पल, सल र भित्री वस्त्र बरामद भयो, जसका आधारमा परिवारले प्रियंकाको पहिचान गरेको थियो । प्रियंकामाथि बलात्कार भएको आशंका छ ।

प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ । अहिलेसम्म कोही पक्राउ परेको छैन । बलात्कारको सम्भावना देखिए पनि पुष्टि भने नभएको प्रहरीको भनाइ छ ।

बीबीसी

 

प्रकाशित: Nov 29, 2019| 04:54 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।