शनिबार, कात्तिक २९, २०८२

युट्युब ट्रेन्डिङमा वृद्ध र युवतीको जोडी

केही दिनयता एउटा आश्चर्यजनक जोडी निकै भाइरल बनेको छ। यो जोडी भाइरल बन्नुको कारण भने उनीहरुको उमेरको फरक हो।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- केही दिनयता एउटा आश्चर्यजनक जोडी निकै भाइरल बनेको छ। यो जोडी भाइरल बन्नुको कारण भने उनीहरुको उमेरको फरक हो।

National life

त्यतिमात्र होइन एउटा कलकलाउदो उमेर भएकी युवतीले त्यति वृद्ध उमेरको पुरुषसँग किन बिहे बन्धनमा बाँधिएकी होलिन् भन्ने चासोका कारण पनि यो विषय भाइरल बन्न पुगेको छ।

यो जोडी इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुको हो। ६७ वर्षका लिम्बुले २१ वर्षकी किशोरीसँग बिहे गरेपछि यो जोडी यतिधेरै भाइरल बन्न पुगेको छकि युट्युबको नेपाली कन्टेन्टमा बिहीबार १ नम्बरदेखि लगातार ४ नम्बरसम्म यो जोडीको विषय छ।

इलामका सिंहप्रसाद लिम्बुले आफूभन्दा ४७ वर्ष कान्छी पुजा लिम्बु सँग केही दिन अगाडिमात्र बिहे गरेका हुन्। पुजा भर्खरै २१ वर्ष लागेकी छन्।

यो बिवाह प्रेम बिवाह भएका कारण कसैले यसमा असहमति जनाउने पनि कुरा भएन। युट्युबरहरुले यो जोडीलाई युट्युबमार्फत् सार्वजनिक गरेपछि यो समाजबाट यत्तिकै अनुमोदन भएको देखिएको छ।

Laxmi sunrise bank
kumari

युट्युबमा हास्य श्रृंखलाहरु, हिन्दी फिल्म तथा ट्रेलर बढी ट्रेन्डिङमा पर्ने गरेको पाइन्छ। त्यसबाहेक यस्ता विषयहरुले सबैभन्दा बढी छाप पार्ने गरेका छन्।

सामान्य युट्युब च्यानलहरुमा अपलोड गरिएका र प्रस्तुति एवम् गुणस्तरमा पनि उतिधेरै ध्यान नदिइएका भिडियोसमेत यस्ता विषयका कारण भाइरल र ट्रेन्डिङ कन्टेन्ट बन्ने गरेका छन्।

विवाहपश्चात् यो जोडीले आफूहरु प्रेममा परेको र अहिले निकै खुसी रहेको बताउने गरेका छन्। २१ वर्षीय पुजाको बायाँ हातको हत्केला छैन।

बिहीबारकाे युट्युब ट्रेन्डिङ यस्ताे छ क्लिक गर्नुहाेस् 

प्रकाशित: Nov 28, 2019| 10:18 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्