शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा आज ‘थ्यांक्स गिभिङ’ मनाईँदै, करोडौँ टर्की काटिँदै

अमेरिकामा आज ‘थ्यांक्स गिभिङ’ मनाईँदै, करोडौँ टर्की काटिँदै

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

एजेन्सी- अमेरिकामा हरेक वर्ष नोभेम्बर महिनाको अन्तिम बिहीबार मनाईने ‘थ्यांक्स गिभिङ’ पर्व आज मनाईँदैछ।

National life

यो पर्व अमेरिकामा राष्ट्रिय पर्वकै रुपमा मनाउने गरिएको छ। त्यहाँ रहेका हरेक जाति, धर्म र समुदायले यो पर्वलाई उच्च महत्वका साथ मनाउने गरेका छन्।

एक अर्का व्यक्ति, समुदाय वा आफूलाई गुन लगाएकालाई धन्यवाद दिन यो पर्व मनाउने गरिएको हो। यो पर्वमा अमेरिकामा राष्ट्रिय विदा दिने गरिएको छ भने धेरैजसो राज्यमा बिहीबारदेखि लगातार ४ दिनसम्म विदा हुने गरेको छ।

अमेरिकी संसदको तल्लो सदनले सन् १९४१ मा यो दिनलाई राष्ट्रिय पर्वका रुपमा अनुमोदन गरेको थियो। त्यसअघि सन् १६२१ बाट हालको म्यासाचुसेट्स राज्यबाट यो पर्वको सुरुवात भएको मानिन्छ।

थ्यांक्सगिभिङमा विशेष गरी टर्कीको मासु खाने परम्परा छ। बिहीबारका दिन टर्कीको मासु खाएर यो पर्व मनाएपछि त्यसको भोलिपल्ट शुक्रबार ‘शपिङ’ गर्ने प्रचलन त्यहाँ छ।

ब्ल्याक फ्राइडेका रुपमा लिइने उक्त दिन धेरैजसो सामानहरु सस्तो मूल्यमा पाउने भएकाले शपिङ गर्ने दिनका रुपमा लिने गरिएको हो।

थ्यांक्सगिभिङ डेको दिन अमेरिकी राष्ट्रपतिले शुभकामना दिएका छन्।

यो पर्व अमेरिका बाहेक क्यानडामा पनि मनाउने गरिन्छ। क्यानडामा अक्टोबर महिनामा मनाईन्छ। पछिल्लो समय केही युरोपेली देश र जापानमासमेत थ्यांक्सगिभिङ डे मनाउने गरिए पनि ती देशहरुमा यसले राष्ट्रिय पर्वको स्वरुप लिइसकेको छैन।

थ्यांक्सगिभिङ डेमा अमेरिकामा ठूलोमात्रामा टर्की काटिने भएकाले कतिपय पशु अधिकार कर्मीहरुले यसको विरोधसमेत गर्ने गरेका छन्।

अमेरिकामा बिहीबार ४ करोडभन्दा बढी टर्की काटिने अनुमान गरिएको छ। अमेरिकी समुदायमा यो दिन टर्की काटिनु अनिवार्य जस्तै हुने गरेको छ।

प्रकाशित: Nov 28, 2019| 09:02 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।