आइतबार, साउन ३१, २०८३

ओपोद्वारा नयाँ कलर ओएस सेवेन सार्वजनिक

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ कलर ओएस सेवेन भारतको नयाँदिल्लीमा सार्वजनिक गरेको छ । ओपोले चीनभन्दा बाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलो पटक हो ।

नयाँ नारा स्मुथ एण्ड डिलाइटफलका साथमा कार्यक्रममार्फत सार्वजनिक नयाँ कलर ओएस मा प्रयोगकर्ता केन्द्रित अनुभव प्रदान गर्ने सोचका साथ, असिमित डिजाइन अवधारणा, प्राविधिक समाधान तथा नयाँ स्थानीयकरण गरिएका फिचर्स लगायत समावेश गरिएका छन् ।

“विश्वभरका ३० करोड भन्दा बढी उपभोक्तालाई थप सहज, तिब्र र सुलभ अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएसमा अनुकूलन समावेश गरेको छ,” ओपो कलर ओएसका वरिष्ठरण नीति प्रबन्धक, मार्टिन ल्यूले भने ।

प्रकाशित: Nov 28, 2019| 06:51 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्