काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।
स्नातकोत्तर उतिर्ण गरी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट लि. (हाल सनराईज क्याटिल), युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, सगरमाथा इन्स्योरेन्स लिामिटेर्ड, सिद्धार्थ डेभलपमेण्ट बैंक लि (हाल जनता बैंक लि) र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा कार्य गरेकोे अनुभव रहेको छ ।
रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले २०७६ मंसिर १० गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्त गरेको हो ।