काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिस्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई बुधबार ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्रदान गरेको हो।
अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय व्यवस्थापन प्रणाली अनुसरण गरेकाले बैंकलाई आईएसओ प्रमाणपत्र पाएको प्रदान गरिएको जनाइएको छ।
बैंकका १११ शाखा कार्यालय, २१ एक्सटेन्सन काउण्टर, ११२ एटिएम मेसिन तथा ११९ शाखारहित बैंकिङ केन्द्र सञ्चालन छन्।