आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अलमुताइरी भन्छन्– फर्गेट सोसल मिडिया ! फुटबलभन्दा ठूलो फेसबुक होइन

अलमुताइरी भन्छन्– फर्गेट सोसल मिडिया ! फुटबलभन्दा ठूलो फेसबुक होइन

यही बिहीबार र आइतबार हुने नेपाल र इन्डियाबीचको मैत्रीपूर्ण खेलका लागि एन्फाले आज पत्रकार सम्मेलन गरेको थियो। त्यसक्रममा प्रशिक्षक अलमुताइरीले खेलबारे आफ्नो कुरा राखिसकेपछि उनको फेसबुक स्टन्टबारे प्रश्न गरिएको थियो।
 |  बुधबार, भदौ १६, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

बुधबार, भदौ १६, २०७८

vianetvianet

काठमाडौं– नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो महिना फेसबुकमार्फत नेपाली फुटबल र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीको आलोचना गर्दै आएका छन्। उनले आफूलाई दबाब दिएको भन्दै राजीनामा दिने घोषणा गरेका थिए।

triton college

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ यो प्रकरणमा मुछिएपछि त्यसपछि यसबारे छानबिन गर्न समिति गठन भयो। प्रतिवेदन सार्वजनिक भएपछि प्रशक्षिक अलमुताइरीले फेरि फेसबुक स्टाटस लेखे– ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क’। अर्थात्, म बाहिरिएँ, राजनीतिलाई नै काम गर्न दिउँ।

यही बिहीबार र आइतबार हुने नेपाल र इन्डियाबीचको मैत्रीपूर्ण खेलका लागि एन्फाले आज पत्रकार सम्मेलन गरेको थियो। त्यसक्रममा प्रशिक्षक अलमुताइरीले खेलबारे आफ्नो कुरा राखिसकेपछि उनको फेसबुक स्टन्टबारे प्रश्न गरिएको थियो।

‘फुटबलको मुख्य प्रशिक्षक सम्मानित पद हो, तर तपाईंको पछिल्लो फेसबुक स्टाटस त्यति गम्भिर देखिँदैन नि?’ पत्रकारले प्रश्न गरिहाले।

जवाफमा अलमुताइरीले भने, ‘मलाई लाग्दैन कि मेरो सामाजिक सञ्जाल फुटबलभन्दा विशेष हो। हामी सबै फुटबलमा केन्द्रित बनौं। फर्गेट सोसल मिडिया।’

National life insurance

यति भनेर अलमुताइरी उठेर हिँडिहाले। थप प्रश्न सुन्न चाहेनन्। त्यसपछि एन्फाका एक पदाधिकारीले नै उनीबारे प्रश्न नसोध्न आग्रह गरे। एन्फाले भोलिको खेलबारे जानकारी दिन मात्र पत्रकार सम्मेलन गरेको उनले प्रस्ट्याए।

भोलि हुने खेलको जानकारी दिने क्रममा अलमुताइरीले भने, ‘इन्डियाविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछौं। यी दुई खेल आउँदो साफका लागि शिक्षा हुनेछ। हामी कस्तो स्तरमा पुग्यौं भन्ने कुरा यो खेलबाट थाहा हुनेछ।’

नेपालले खुसी हुनका लागि नभई गर्व गर्न लायक खेल इन्डियाविरुद्ध पस्किने दाबी उनले गरे। भने, ‘हामी रियल गोरखाली हौँ। हामी मानिसलाई खुसी बनाउने र जित्नका लागि मात्र खेल्दैछौं। हामीले इन्डियालाई जित्यौं भने त्यो हाम्रो लागि गर्व गर्ने कुरा हो।’

तर उनी इन्डियन टिमसँग सचेत भने देखिए, ‘मैले इन्डियन टिमको अध्ययन गरेको छु। इन्डिया विश्व वरीयताको १०५ नम्बरमा भएको टिम हो। त्यसैले इन्डियासँग खेल्नु हाम्रो लागि चुनौति हुनेछ।’

नेपालभन्दा इन्डियाको वरियता निकै माथि रहेकाले र यो खेल फिफा मान्यता प्राप्त भएकाले यदि नेपालले जित निकाल्न सके त्यसले नेपाली टिमको वरीयता सातदेखि १० स्थान माथि पुग्नसक्ने अलमुताइरीले सुनाए।

यता नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले साफका लागि दुई महिनादेखि र अलमुताइरीसँग पाँच महिनादेखि अभ्यास गरिरहेका कारण खेलाडी सबै आफ्नो उत्कृष्ट फर्र्ममा रहेको बताए। भने, ‘पाँच–छ महिना भयो हामी सबै खेलाडीले अलमुताइरीसँग प्रशिक्षण गरेको। त्यसैले हामी नयाँ प्रशिक्षकसँग निकै मोटिभेटेड छौं। टिमका हिसाबले हामी निकै बलियो भइरहेका छौं।’

उनले थपे, ‘मैले आफ्नो खेल करिअरमा जति पनि प्रशिक्षकसँग काम गरेँ, उनको (अलमुताइरीको) जस्तो अभिभावकत्व पाएको छैन। अलमुताइरीले कोचका हिसाबले मात्र होइन, एउटा बाबुले छोरालाई सिकाएको हिसाबले सिकाइरहेका छन्। यो महामारीको बेलामा पनि हामीले खेल्ने अवसर पाएको छौं। यो दुई खेलले हामी कति बलिया वा कमजोर छौं भनेर जाँच्न सहयोग गर्छ।’

उनले नेपाली टिम रिजल्टको लागि खेल्ने बताए। इन्डियाविरुद्धको खेलको कुरा गर्दै कप्तान लिम्बूले यो दुवै टिमका लागि महत्वपूर्ण खेल हुने बताए। पछिल्लो समय नेपालले अष्ट्रेलिया र जोर्डनसँग विश्वकप छनोट खेलेको छ। त्यो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको बताइँदै आएको छ। इन्डियन टिम पनि यो कुरामा निकै जानकार छन्।

नेपालको पहिलेको पुस्ताका खेलाडीबारे राम्रो अनुभव भएका इन्डियन कप्तान सुनिल क्षेत्रीले पनि पत्रकार सम्मेलनमा त्यो कुरा उठाएका थिए। उनले भने, ‘नेपालले पछिल्लो समय युवा खेलाडीसँग राम्रो प्रदर्शन गरिरहेको छ। उसले पछिल्लो विश्वकप छनोट खेलमा पनि सुधारिएको प्रदर्शन गरेको थियो।’

सरसर्ती हेर्दा, नेपाल यो मैत्रीपूर्ण खेलमा आफ्नो स्तर जाँच्ने पक्षमा छ भने इन्डिया नेपाली टिमको अवस्था हेर्ने तयारीमा छ। नेपालले अहिलेसम्मको उत्कृष्ट फुटबल प्रशिक्षक पाएको भन्ने मिडियामा चर्चा भएपछि आउँदो साफ च्याम्पियनमा छिमेकी प्रतिद्वन्दीका हिसाबले पनि उसले नेपालको स्तर जाँच गर्न चाहेको छ।

यता नेपालका मुख्य प्रशिक्षक अलमुताइरी भने इन्डियाविरुद्धको खेलले साफ च्याम्पियनसिपमा प्रभाव नपार्ने बताएका छन्। उनले इन्डियाको खेलपछि पनि कतारमा नेपालले अर्को एक अभ्यास खेल खेल्ने बताएका छन्।

‘पूरा निर्णय त भइसकेको छैन। तर म कतारमा एक खेलका लागि प्रयास गर्नेछु। त्यहाँ हाम्रो निकै राम्रो अभ्यास हुनेछ। १० सेप्टेम्बरबाट मैले कतारमा टिम हेर्नेछु। त्यहाँबाटै हामी माल्दिभ्सका लागि प्रस्थान गर्नेछौं,’ अलुमताइरीले भने।

यता भोलि बिहीबार हुने खेलमा कप्तान किरण कुमार लिम्बूले नेपालमा सर्वाधिक खेल्ने खेलाडीको रेकर्डसँग बराबरी गर्दैछन्। उनले पूर्वकप्तान विराज महर्जनको ७३ खेलको रेकर्डसँग बराबरी गर्न लागेका हुन्।

प्रकाशित: Sep 01, 2021| 17:16 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।