आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रभु बैंकको प्रभु बैंक डिबेन्चर २०८४ निष्काशन सम्झौता

प्रभु बैंकको प्रभु बैंक डिबेन्चर २०८४ निष्काशन सम्झौता

 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं । प्रभु बैंकको २ अर्ब बराबरको प्रभु बैंक डिबेन्चर २०८४ १० प्रतिशत ब्याजसहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । कुल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।

उक्त कार्यको लागि प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच सम्झौता भएको छ ।

प्रकाशित: Nov 28, 2019| 06:08 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्