आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्घाखाँचीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)

अर्घाखाँचीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो (अपडेट)

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बुधबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा बुधबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ।

चालकसहित घटनास्थलमै १७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताएका छन्।

लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो। बस सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

निकै अफ्ठ्यारो भीर भएकाले उद्धार कार्य गर्न गाह्रो भएको बताइएको छ। दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो। गाडी चालक अन्दाजी वर्ष ३० का ओमबहादुर थापा वसन्त भन्नेको मात्रै सनाखत भएको छ।

अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ। नरपानीको रातामाटामा दुई महिना नबित्दै ३ दुर्घटना भएका छन्। यसअघि कार दुर्घटना हुँदा २० दिन अगाडि एकै परिवारका तिन जनाको मृत्यु भएको थियो।

प्रकाशित: Nov 27, 2019| 14:30 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।