सोमबार, चैत २, २०८२

बंगलादेशमा सात जनालाई मृत्युदण्ड

बंगलादेशमा सातजना इस्लामवादीहरूलाई सन् २०१६ मा ढाकामा एक क्याफेमा भएको हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

एजेन्सी- बंगलादेशमा सातजना इस्लामवादीहरूलाई सन् २०१६ मा ढाकामा एक क्याफेमा भएको हमला गराएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ।

National life

उक्त हमलामा २२ जनाको ज्यान गएको थियो। त्यसमा अधिकांश विदेशी नागरिकहरू थिए।

ढाकास्थित विशेष अदालतले बुधवार उक्त फैसला सुनाएको हो।

हमलाको योजना बनाएको तथा हमलाकारीलाई हतियार उपलब्ध गराएको आरोपमा ८ जनाविरुद्ध मुद्दा चलेको थियो।

अदालतले एकजनालाई भने मुक्त गरिदिएको छ।

Laxmi sunrise bank
kumari

तीन वर्षअगाडि पाँच आक्रमणकारीको समूहले होली आर्टिसन क्याफेमा हमला गरेका थिए।

हमलाका क्रममा आक्रमणकारीले क्याफेमा रहेकाहरूलाई बन्धक बनाएका थिए।

१२ घण्टासम्म जारी उक्त हमला बंगलादेशमा गरिएको सबैभन्दा घातक आतङ्कवादी हमला मानिन्छ।

सो हमलाको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको थियो।

मारिनेमध्ये अधिकांश जापानी तथा इटालियन नागरिक थिए।

उक्त घटनायता बंगलादेशका अधिकारीहरूले विद्रोहीविरुद्ध क्रुर कारबाही गरेका छन्।

मुस्लिमबहुल बंगलादेशमा ती विद्रोहीलाई अस्थिरताकारी शक्ति मानिएको छ।

अदालतको फैसलापश्चात् बोल्दै सरकारी अभियोजनकर्ता गोलाम सरवर खानले अभियुक्तविरुद्धका अभियोग कुनै दुविधा विना प्रमाणित भएको बताए।

बंगलादेशमा मृत्युदण्ड फाँसी दिएर कार्यान्वयन गर्ने गरिन्छ।

प्रतिवादीका वकिलले ती सातैजनाले फैसलाविरुद्ध पुनरावेदन दिने बताए।

ती सातजना मानिसहरू अवैध ठहर गरिएको जमात-उल-मुजाहिद्दिन समूहमा आबद्ध भएको आरोप लागेको थियो।

फैसला सुनाउँदै न्यायाधीशले ती व्यक्तिले सार्वजनिक सुरक्षामा खलल र्पुयाएर अराजकता फैलाउन खोजेको उल्लेख गरे।

समाचार संस्था एएफपीका अनुसार अदालतबाट बाहिर निस्कने बेला तीमध्ये केही व्यक्तिले अल्लाहु अकबर अर्थात् ईश्वर महान् छन् भन्ने नारा लगाएका थिए।

सो हमलाका गुरुयोजनाकार मानिएकामध्येका एकजना नुरुल इस्लाम मर्जान सन् २०१७ मा प्रतिआतङ्कवाद प्रहरीले गरेको एक कारबाहीमा मारिएका थिए।

सन् २०१६ मा भएको हमला यता त्यहाँको सुरक्षा निकायले गरेका श्रृङ्खलाबद्ध कारबाहीमा एक सयजनाभन्दा धेरै इस्लामवादी मारिएको तथा करिब एक हजारजना पक्राउ गरिएको अधिकारीहरूले बताउने गरेका छन्। बीबीसी

प्रकाशित: Nov 27, 2019| 13:08 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।