मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल–इन्डिया मैत्रीपूर्ण खेलको तयारी पूरा, टिकटको मूल्य तय हुन बाँकी

नेपाल–इन्डिया मैत्रीपूर्ण खेलको तयारी पूरा, टिकटको मूल्य तय हुन बाँकी

नेपाल र इन्डियाबीच भोलि बिहीबार हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको एन्फाले जनाएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं – नेपाल र इन्डियाबीच भोलि बिहीबार हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको एन्फाले जनाएको छ।

एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको लागि आवश्यक मैदान, फ्लड लाइटलगायत सबै तयारी पूरा भएको जानकारी दिए। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हिजो र आजको मौसम निकै सफा छ। भोलि खेलसम्म पानी नपर्ने हो भने हामी निकै राम्रो वातावरणमा खेलाउन पाउनेछौं। अहिलेसम्म हेर्दा त मौसमले पनि साथ दिएको जस्तो लागेको छ।’

यता प्रतियोगिताका लागि दशरथ रंगशाला पनि तयार भएको छ। घाँस काट्ने काम सकिएको छ। त्यस्तै, एन्फाले भोलिको खेलका लागि दर्शक राख्न पाउने अनुमति पाएको छ।

उसले अब पाँच हजार १०० टिकट बेच्न पाउनेछ, जुन पूरा दर्शक क्षमताको एक तिहाइ हो। दर्शकका लागि कोभिडविरुद्धको पूरा डोज खोप वा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। टिकट अनलाइन बेच्ने भनिएको छ तर मूल्य तय भएको छ। 

पछिल्लो तीनदेशीय कपमा भने एन्फाले १२ हजार टिकट बिक्रीको लक्ष्य राखेको थियो। त्यतिबेला उसले हरेक खेलमा साधारणतर्फ १० हजार पाँच सय र भीआईपीतर्फ १ हजार ५०० गरी १२ हजार टिकट बेच्ने योजना भए पनि त्यो पूरा भएको थिएन।

त्यतिबेला एन्फाले साधारणतर्फ ७०० र भीआईपीको लागि १५ सय टिकट शुल्क निर्धारण गरेको थियो। तर टिकट मूल्य चर्को भएको भन्दै आलोचना पनि भएको थियो। 

प्रकाशित: Sep 01, 2021| 16:58 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।