सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरे बन्ने, बिहीबार सपथ

महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरे बन्ने, बिहीबार सपथ

भारतको महाराष्ट्रमा देखिएको राजनीतिक उथलपुथलपछि अब शिव सेना प्रमुख उद्धव ठाकरेले त्यहाँको मुख्यमन्त्री बन्ने भएका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

एजेन्सी- भारतको महाराष्ट्रमा देखिएको राजनीतिक उथलपुथलपछि अब शिव सेना प्रमुख उद्धव ठाकरेले त्यहाँको मुख्यमन्त्री बन्ने भएका छन्।

National life

यसअघि भाजपाका देवेन्द्र फडरवीसले गरेको चुनावी गठबन्धनले विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि उनले राजीनामा दिएका थिए। ठाकरेले भोलि बिहीबार सपथ लिने तयारी भइरहेको छ।

ठाकरेले त्यहाँको नेशनल कांग्रेस (एनसीपी) र भारतीय कांग्रेससँग मिलेर सरकार गठन गर्न लागेका हुन्।

उद्धव ठाकरेसँग दुई जना उपमुख्यमन्त्रीले सपथ लिन सक्ने जनाइएको छ। जसमा शिव सेना एनसीपी र कांग्रेसका पाँचपाँच जना मन्त्रीसमेत सामेल हुनेछन्।

भारतीय संचारमाध्यमहरुका अनुसार उद्धव ठाकरेलाई मुख्यमन्त्री बनाउन एनसीपी प्रमुख शर पवारको घरमा बैठक बसेको थियो।

Laxmi sunrise bank
kumari

उद्धव ठाक्रेको सपथ ग्रहण समारोहमा ममता बनर्जी, अरविन्द केजरीवाल, अशोक गहलोत, अखिलेश यादवसमेत भाजपाका विरोधी खेमाका नेताहरुलाई निमन्त्रणा दिने तयारी भएको छ।

यसका साथै महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेलाई पनि बोलाइने भएको छ।

मंगलबार देवेन्द्र फडणवीस र अजित पवारले राजीनामा दिएपछि महाराष्ट्रमा अर्को गठबन्धनले सरकार गठन गर्न लागेको हो।

शिवसेना–एनसीप–कांग्रेस गठबन्धन बनेपछि त्यहाँका राज्यपाल भगत सिंह कोश्यारीले महाराष्ट्र विधानसभाको विशेष सत्र आह्वान गरेका छन्।

यसअघि शिव सेनासँग मिलेर सरकार गठनको तयारी भइरहेका बेला भाजपा संसदीय दलका प्रमुख एवम् पूर्व मुख्यमन्त्री फडणवीसले एनसीपीका अजित पवारसँग मिलेर सरकार गठन गरेका थिए। अजितलाई उनले उपमुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए।

यद्यपी अजितको एनसीपी पार्टीले यसमा कडा आपत्ति जनाएको थियो।

पछि फडणवीस अल्पमतमा परेपछि मंगलबार राजीनामा दिएका हुन्।

प्रकाशित: Nov 27, 2019| 08:56 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।